Saturday, April 6, 2013

मन मेरो मरेछ थाहै भएन ||

मन मेरो मरेछ थाहै भएन |
मुटु लौ जलेछ थाहै  भएन ||

जिन्दगि पहाड बन्दैछ है |
खहरे खसेछ थाहै भएन ||

उसले प्रगति देख्दैन मेरो |
फेरी कु गरेछ थाहै भएन ||

बिगार्यो बाँकि राखेन मति |
कु बुद्धि भरेछ थाहै भएन ||

गरेकै छैन मैले भन्दै थ्यो उ |
आरोपमा परेछ थाहै भएन ||

काम धेरै थियो साँच्दै थिए |
भोलि भन्दै टरेछ थाहै भएन ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-२४ गते राति


0 comments:

Post a Comment