Wednesday, April 3, 2013

गुरास फुल्ने पाखाभरि डुल्ने दिनको याद आयो ||

गुरास फुल्ने पाखाभरि डुल्ने दिनको याद आयो |
गट्टाखेल्दै गोठालोमा भुल्ने दिनको याद आयो ||

महादेव र पार्बतिको कहानी चल्दाखेरी रातिमा |
स्वस्थानी कथा सुन्दा झुल्ने दिनको याद आयो ||

फुस्रै फुस्रै हिउद मासमा हावा संगै बहकिदा खेरी |
राताराता सिमलका फुल फुल्ने दिनको याद आयो ||

असिना र पानी पर्दा तछाड मछाड गर्दै बतुल्थ्यों |
पानी पछि सफा आकाश खुल्ने दिनको याद आयो ||

रिस पनी उठ्थ्यो छिनमै खुसि पनी हुन्थ्यो कैले |
लडाई पछि छिनमै घुल्नेमिल्ने दिनको याद आयो ||


कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-२१ गते साँझ

0 comments:

Post a Comment