जिन्दगीका
कयौं घडीमा मलाई साइकलले यात्रा गराएको छ एउटा भरपर्दो र राम्रो माध्यम
बनेको छ मेरोलागि । आज पनि म साइकलमै यात्रा गरिराखेको छु । छोड्न सकेको
छैन पुरानो प्रित हो मेरो साइकल । आफैलाइ थाहा छैन यो साइकल संग मेरो अनौठो
सम्बन्ध बसिसकेको छ र मिठा अनुभबहरु बटुलेको छ । अस्ती भर्खर एकजनाले
भन्दै थिए भाइ जागिर गर्छौ अलिकति भएपनि कमाउछौ अबत भटभटेमा हिड कति दुख
गर्छौ किन एउटा । राती राती सुनसान बाटोमा खत्त्रङ्ग खत्त्रङ्ग
साइकल
बजाउदै काम बाट फर्केको र एका बिहानै हिडेको देखेर भनेको हुनु पर्छ सायद ।
हुनत आजको आधुनिक युगमा मोटरसाइकल लिएर हिड्नेपनि धेरै भैसकेका छन । कुनै
जमाना थियो मान्छे साइकललाइ कति महत्ब दिन्थे तर आज मोटरसाइकलको त्यति
महत्ब छैन सोंच्छु किनेर मात्र त भएन त्यसलाइ दौडाउन पेट्रोलको आबश्यकता
पर्छ जुनआजभोली १२५ रुपैया लिटर भएको छ । किन्नु भन्दा पनि त्यसलाइ चलाउन
गारो भएको छ । त्यसमाथि मेरो थोरै तलब भएको जागिर महंगीको भिडमा कठिन
देखिन्छ त्यसैले म बाध्य छु मेरो रातो एटलस साइकलमै चित्त बुझाउन ।
कत्ति राम्रो साधन छ नत पेट्रोल खान्छ नत डिजलनै बस तपाइले मज्जाले पाइडल
मार्नुस खुट्टाले त्यो आफै चल्दछ । गुड्छ मज्जाले । साइकल सम्झदा बिगतलाइ
सम्झन्छु चेतन अबस्थाका पुराना आफ्नै कथालाइ एकपटक टोलाएर पढ्छु मेरो रातो
एटलस साइकलको अधुरो अध्याय ।
कति खुसि थिए म जुन दिन बाबाले
अस्ति भर्खर ल्याएको साईकल सिक्नको लागि डोर्याउदै जंगलको चौरतीर लागेको
थिए । त्यो पुरानो लेडिज रातो एटलस साइकल ।
सानो म साथीहरु
साइकल चढेको देख्दा निकै चिढीने गर्दथें कहिले हाम्रो घरमा साइकल आउने हो र
मैले यसैगरी चलाउन पाउने हो भनेर । तर त्यो समय अहिले छैन आज म साइकल
डोहोर्याउदै छु सिक्नको लागि । हुनत त्यो साइकलले हाम्रो घर टेक्दा हाम्रो
परिवारका म लागाएत सबै जना निकै उत्साहित थियौं गरिबको घरमा मेहनत पसिनाले
कमाएर ल्याएको त्यो साईकलले हाम्रो लागि एउटा ठुलै खुडकिलो चढेजस्तो भान
सबैमा भइरहेकै थियो ।
त्यस ताका बाबाले काम गर्ने मिलको साहुको
घरबाट ल्याउनुभएको थियो त्यो पुरानो रातो एटलस साइकल एक महिनाको तलबमा
काट्नेगरी त्यो साहुले दिएको थियो हामिलाई । सानैदेखि मिल चलाउने ठाँउमा
काम गर्दै हुर्केको भएर होला त्यसैले बाबालाइ मिलको बारेमा धेरैनै थाहा
थियो अझ भन्नुपर्दा बाबा मिलको ड्राइभर हुनुहुन्थ्यो । मिलको बारेमा
बाबालाइ राम्रो ज्ञान थियो र अनुभब पनि । त्यतिखेर म सानै थिए मैले जाने
अनुसार बाबाले त्यतिखेर सम्म धेरै ठाँउमा मिल चलाएर अनुभब बटुली सक्नु भएको
थियो र ठाँउ ठाँउ बाट सम्झने पनि गर्दर्थे मिल बिग्रेको बेला बाबालाई तर
यो साइकल हाम्रो गाँउको छिमेकी गाँउ धनकौलीको जिमेदार धनराजको घरबाट
ल्याउनु भएको थियो बाबाले मिल उनैको थियो ।
म निकै खुसि थिए र
गदगद पनि अबत मेरो पनि साइकल आयो साथीहरु सामु छाति फुलाउनको लागि राम्रै
मौका र अबसर थियो यो मेरोलागि । तैपनि उनिहरुको अगाडि साइकल दौडाउनको लागि
मैले जसरी भएपनि सिक्नै पर्ने थियो । तरपनि केही फुर्ति लाउनलाइ यो रातो
एटलस साइकलले राम्रो प्रेरणा दिएको थियो । मान्छेलाइ कुनै चिजले कति उत्साह
र प्रेरणा दिदो रहेछ भन्ने कुरा म त्यतिखेर अनुभब गरेको छु सोचिरहेको छु
साइकल संगै त्यसलाइ सिक्ने र अगाडी आउने हरेक कुराको लागि पनि राम्रो
प्रेरणा जन्मी राखेको थियो ममा त्यो साइकल घरमा भित्रिदाको क्षणामा ।
साइकललाइ नजानी नजानी डोर्याउदै साइकल सिक्न मिल्ने सानो चहुरमा पुग्छु म
तर केही तरीका दिमागमा पस्दैन कसरी चढ्ने कसरी पाइडल मार्ने केही तरीकानै
आएन मन त्यसै प्रफुल्ल थियो मनले भन्थ्यो कतिखेर साइकल दौडाउ भै राखेको
थियो सोंचे कति सजिलै दौडाए जस्तो लाग्थ्यो त अरुले तर आज सिक्ने यो
अबस्थामा म अबाक भए तैपनि सिक्ने त्यो इक्षालाइ मारिन र हरपल प्रयाु जारी
नै राखें । पटक पटक चढें तर साइकल ढल्न छाडेन कुनै उपाएनै सुझेन मलाइ यो
क्रम निकै नलि रह्यो त्यहिक्रम चलिरहेकै बेलामा कसो कसो चढर थोरै पर सम्म
गुड्यो साइकल पत्तै पाएनछु एक् छिन पछि मेरो दिमाग झसंग भयो अबत सिकिएला
भन्ने जोस जागर र उत्साह फेरी थपियो । मान्छेमा एउटा सानो फल मिल्दा कति
उत्साह जाग्छ मलाइ त्यही भयो दइ चार हाथ के साइकल गुडेको थियो ममा अब
चाडैनै दौडाउछु भन्ने बिश्बास पैदा भैसकेको थियो ।
अब म
दुइ चार हाथ मात्र नभएर अलिक बेर साइकल दौडाउने भैसकेको थिए सुरुमा भएर
होला सुट्टालाइ सम्हाल्न नसकेर चेनकबरले मेरो खुट्टाको गोलिगाठोको चपाइ
सकेको थियो । काटेर रगत खस्दा पनि मलाइ दुखेको अनुभबनै भएन अचम्मको कुरा जब
उद्देश्य दरिलो भएर मैदानमा उत्त्रिन्छ तब दायाँ बायाँ केही देखिदैन
त्यस्तै भयो मेरो मनमा साइकल दौडाउने सिबाए अरुकुनै कुरा थिएन त्यसैले
चेनकबरले गोलीगाठो खाएको पत्तै भएन ।
सिक्दा सिक्दै कतिखेर आफै
लडियो कतिखेर साइकल ढल्यो तर लामो प्रयास पछि त्यो दिन धेरै नै उपलब्धी
गरिसकेको थिए साइकल सिकाइमा । भोली त ए राउन्ड साइकल लिएर गाँउनै घुम्नु
पर्छकी मनले सोंचिराखेको थिए सबैलाइ देखाउनु पर्यो हेर मैलेनी साइकल चलाउछु
त्यो भन्दा पनि अझ हाम्रो घरमा पनि साइकल छ । कस्तो हो यो साइकल को
अस्त्वीत्ब कस्तो हो । बबुरो बालख म त्यति बुझ्ने भैसकेको थिएन क्यारे सायद
त्यसैले उटपटांग कुरा मनमा आइरहन्थ्यो र कहिले काही त उटपटाङ्ग गरिपनि
हाल्थ्यौं ।
भोलि पुरै सफल हुने बिश्बास र आजको उपलब्धीलाइ
संगाल्दै रमाउदै साइकल कति खेर अलि अलि चलाउदै र डोर्याउदै घरतिर लागे साँझ
बाबा कामबाट आउनुभो सबै बसेर खाना खायौं सुत्न जाने बेलामा बाबाले साइकल
हेर्दै भन्नुभो यो साइकल कसले चलाएको थियो । म डरले रातो पिरो भैसकेको थिए
अब गोदाइ पक्कै पाइन्छ भनेर धेरै पटक मैले लडाएको थिए र कहि कतै बिग्रेको
रहेछ क्यारे बाबाले हेनेै बित्तिकै थाहा पाउनु भो र सोध्नुभाको थियो मैले
यसै अड्कल लगाए साइकल धेरैजो बिग्रेछ क्यारे अब मार खाइने भो हुनत बाबा
भनेपछि मलाइ त्यसताका
निकै डर लाग्ने गर्दथ्यो डरपनि किन नलागोस कहिले काहित शरीरमा पाँच दश
भन्दा बढी सुम्लापनि सहनु पथ्र्यो । तर त्यो दिन दश त के बिस सुम्ला पनि
सहन तयार थिए म किनकी साइकल सिकाइको खसिले मलाइ सहन भनि राखेको थियो तर
मलाइ माया गर्ने मेरी आमा मलाइ हरक्षण ढाकछोप गर्न पछि नपर्ने अघि
सरीहाल्नुभो होइन होइन त्यही पर लैजान्छु भन्दै निकालेको थियो अनि मैले
नलैजा तेरो बाले गाली गर्नुहुन्छ भने कहि कतै लगेर चलाएको छैन । आमाले मलाइ
ढाक्दै भन्नुभो तँ न करा मलाइ थाहा छैन के भाको हो भन्ने साइकलको चनकबर
तिर ध्यानले हेर्दै बाबाले भन्नुभो यहाँ आइज हेरों त तेरो खुट्टा कति
काटेको छ । मैले लुकाउद्रै होइन यो त होइन काटेको छैन केइभाको छैन के मेले
भने ......... चुप लागेर ह्याँ आइज मलाइ ढाँट्छस देखा कति काटेको छ म
डराउदै बाबाको छेउ पुगे र चेनकबरले काटेको गोलीगाठो पाइन्ट माथि सार्दै
देखाँए । बाबाले नमिठो मान्दै भन्नुभो ओहो धेरै पो काटेको रहेछ त ।
अर्को दिन बिहानै बाबा कामतिर लागेपछि म पनि साइकल लिएर बाटोतिर चलाउनु
पर्यो भन्दै हिडे सानो खाले लेडिज साइकल भएकोले मैले कैंची तरिकाले चलाउन
परेन । हिजो अलि अलि मेसो पाइसकेको भएर होला आज निकै मज्जा आएको थियो त
चलाएको पनि थिए मन यसै फुरुंग थियो सोचे एकपटक तुल्सीलाइ भेट्नु पर्यो भनि
साइकल चलाउदै छाति फुलाउदै गाँउतीर लागे रमाउदै बाटोमा भेटिने मान्छेलाइ
हेर्दै हास्दै मेरो पनि साइकल छ मलाइ पनि चलाउन आउछ भन्ने भाब सहितको हासो
हास्दै पुरै गाँउ परिक्रमा गरेर तुस्सीको आगनमा पगेर साइकल रोकि स्टेन
लगाएर जाँगेको गोजीमा हात राखेर उभिएर बोलाए ए.......... तुल्सी
तुल्सी............... ओए लच्को तैले साइकल चलाउन जानिस बे खोइ चलात हेरउ
भन्दै घरबाट निस्क्यो मैले त्यसकै अगि आगनमा एक राउन्ड साइकल चलाएर देखाए
मैले चलाएको देखेर उस्ले भन्यो आज स्कूल तेरो साइकल लीएर जाम है उस्ले
भन्यो म पनि के कम साइकल घरमा आएको खुसिले बाबाको डर हुदा हुर्दै पनि हुन्छ
भने बाबा स्कूस्लबाट नपर्किदै आइपुगिन्छ भन्दै त्यसोभए तयार भएर हाम्रो घर
आइज भन्दै सान सित साइकल चलाउदै घरतिर फर्कें ।
ओए तैले
जान्दैनस मलाइ चलाउन दे डबल त सक्दैनन तुल्सी भन्दैथियो तर मेरो मन
तुल्सीलाइ साइकल चलाउन नदिने पक्षमा थियो चुप लागेर बस पछाडि सकि हाल्छु
बसेर त हेर चलाउदा चलाउउदै बस है त । सिटमा बसेर दुइ पाइडल मार्ने बित्तीकै
तुल्सी उफ्रेर क्यारिएरमा बस्यो साइकल हुरी आएझैं हल्लियो गर्लम्मै लोटिएछ
चेनकबरले फेरी थोरै काटेछ बेस्सरी दुख्यो मात्र अब लाचार भएर तुल्सीलाइ
साइकल चलाउन दिनु सिबाए कुनै बिकल्प देखिन अनि भने ल...ल..ल .. चला आउदा
मैले बसालेर ल्याउछु ओरालो छ बाटो सक्छु फर्कने बेलामा त सास फुलाउदै भने
तुल्सीले साइकल चलायो म पनि क्यारिएरमा बसेर स्कूल पुगियो । खै किन हो किन
आज मेरो मन त्यसै आनन्दीत थियो छाती फुल्लीएको थियो कारण यो मेरो रातो एटलस
साइकल अनेक अनेक खुसी सजाउदै साइकल राख्ने ठाउमा साइकल राखेर लाइन लाग्ने
चउर तिर लाग्यौं तुल्सी र म पर पुगेर फेरी फर्केर एकपटक हेरे मेरो रातो
एटलस साइकललाइ र भित्र भित्रै एकदम खुसिले उफ्रें ।
कमल पौडेल कल्पित शखा
बाणगंगा कपिलबस्तु
0 comments:
Post a Comment