Friday, April 19, 2013

उ सुत्यो राती मैले गजल लेखे ||

उ सुत्यो राती मैले गजल लेखे |
उसको सपना चहल पहल लेखे ||

निद्रा लागेन मन बिग्रियो अनी |
जीन्दगीको नमिठो पजल लेखे ||

बर्बराउदै थियो सम्झदै निद्रामा |
बिग्रेको मन खजल बजल लेखे ||

उनको र मेरो कहानी अनेकथरि |
नमिठो यादभरि शब्द डबल लेखे ||

सम्झेर उनि हासेको अनी बोलेको |
आँखा ओंठ र कालो गाजल लेखे ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-०७ गते राती




0 comments:

Post a Comment