Thursday, April 4, 2013

हो आज फेरी आफ्नै तकदिर बोल्दै छ ||

हो आज फेरी आफ्नै तकदिर बोल्दै छ |
उन्नतिको संकेतको खातिर बोल्दै छ  ||

गरिब धेरै छन् दुख पाउने यो देश मा |
खान नपाई भोकले पर फकिर बोल्दै छ ||

पालो आउदा बाजा बजाएर आउदैन रे |
हेर मेरो आफ्नै निधारको लकिर बोल्दै छ ||

बिकाश गर्नु पर्छ धेरै जिन्दगीमा गरे |
ललकार्दै छ संघर्ष ले जन्जिर बोल्दै छ ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-२२ गते

0 comments:

Post a Comment