Saturday, May 4, 2013

खोज्दैछु जीन्दगी भाग्दैछु सहरमा ।

खोज्दैछु जीन्दगी भाग्दैछु सहरमा ।
तिर्खाको पानी माग्दैछु सहरमा ।।

सकेन यो आत्मा सन्तुष्ट बन्न ।
त्यसैले आज लाग्दैछु सहरमा ।।

अनेक पिडा अनि स्वार्थ देखि ।
जलेको स्वप्नदेखि जाग्दैछु सहरमा ।।

हाहाकार गर्मी अनि भागदौडमा ।
सुनौलो भबिष्य डाक्दैछु सहरमा ।।


ति याद अनि स्वर्ण साथलाई ।
सजाई मुटूमाझ राख्दैछु सहरमा ।।

शखा शर्मा
कपिलबस्तु
हाल भारत
लखनऊ 
०२-०५-२०१३

0 comments:

Post a Comment