Tuesday, May 7, 2013

मेरोे अनुभब ||

           मेरोे अनुभब कहाँ सम्म ठिक बा बेठिक छ मलाई थाहा छैन मनमा जे अनुभब आउँछ त्यसलाई उतार्ने प्रयास मात्र हो यो मेरो हुनत तिमीलाइ लाग्ला यो सब प्रभाब पार्ने मेरो कुनै जुक्ती बा तरिका हो भनेर तर त्यतो कत्ती पनि होइन । तिम्रो सामिप्यताले मेरो मनमा उब्जीएका भाबना हुन ।

          अनायास यो कलमको टुप्पो यसरी दौडदैछ मुटुको धडकन जस्तै अनबरत रुपमा आजभोली किन दौडिन खोज्दैछन । यो कुराको न म संग प्रमाण छ न त कुनै स्पष्टीकरण नै हरेक दिनको त्यो तिम्रो मन्द मुस्कान र सामिप्यतामा बित्ने मेरा दिन
तिम्रो अनुपस्थितीको दिन यसै तड्पिन्छ म तिमीलाइ भनु त म कसरी भनु भन्ने आँट जगाउदा म आफै पुरै गलेर पानि बनेको हुन्छु । तिमिबीच अर्धचेतन अबस्थामा हुदा यो मन मात्र होइन म आफै तिमीमा समर्पित भएको देखाउन सक्छु र यावत अरु प्रेमीले जस्तै तिमीलाइ छातीभरीको माया दिएर बिश्बास दिलाउन सक्छु कि म तिम्रै लागि जन्मेको रहेछु तिमीलाइ साथ दिनको लागी । तर बिडम्बना जब चेतन अबस्थामा तिमीलाई आफ्नो बनाउने प्रयास गर्छु त्यतिखेर तिमी मलाइ हरेक कुरा दिन्छौ तर हुन्न भन्न छोड्दिनौ रपनि एउटा अनौठो सम्बन्ध यहिनिर जोडेर जान्छो जसले मलाइ बलियो बनाएर जान्छ मेरो बिश्बासलाइ पनि । किनकी मेरो मनमा यस्तो बिश्वास बसीसकेको छ जुन हट्ने कुनै बिकल्प देख्दिन म किनकी यो तिम्ले मलाइ दिएको उपहार बिश्वास हो एकमात्र बिश्वान जुन ब्यबहार बनेर बगीरहेको छ हरपल प्रत्येक पल । तिमीले मलाई स्वीकार अस्वीकार त्यसबाट म बिचलित वा अतिरञ्जित पनि हुदिन किनकी मेरो ह्रदयमा तिम्रो लागि सधै ढोका खुल्ला छ जुन मेरा लागि सौभाग्य हो भन्छु म र यो आज सम्म तिम्ले मसंग गरेको संगत र त्यही बिश्वासको उपज हो ।

         हुनत तिम्ले यो बिश्वास होइन पनि भन्दै आएकी छौ तर त्यस्तो होइन तिम्रा हरेक भेट तिम्रा हरेक शब्द तिमी प्रस्तुत हुने हरेक तरिका हरेक प्रकार मेरो बिश्वास हो मैले बुझेको तीन बर्षको अध्ययन हो कि हामि बीच त्यस्तो सम्बन्धले आफ्नो राम्रो स्थान बनाइ सकेको छ । तिमी आफै फर्केर एकपटक मलाइ बुझ्ने पढ्ने प्रयास गर त माया भन्ने शब्द देखि तिन कोष टाढा भाग्ने म किन आज यो सब भन्दै छु यो तिम्ले बुझ्नै पर्छ र नबुझे त्यो मेरालागी श्राप हुनेछ । यावत कुराहरु म तिमीलाई किन भनिरहेछु त आखिर यसमा पनि त कुनै रहस्य छ प्रयोजन छ अझ भन्नुपर्दा कारण छ बस मायाको मिठो नमिठो अनुभब छ । त्यस्तो हावादारी र सतही तरीकाको मेरो निर्णय हुन्थ्यो भने उहीलेनै एकपटक बाढी बनेर आउथ्यो र बगेर जान्थ्यो कहिल्लै न आउने तरिकाले ।

मलाइ थाहा छैन जिन्दगीको मोड कहाँ सम्मको छ । तर मैले गर्नुपर्ने पनि धेरै छ तर तिमीसंगको मेरो साथले मलाई किन उर्जा थप्छ किन प्रेरणा दिन्छ । हुनत मबाट तिम्ले धेरै कुरा सिकेकी हौली र बुझेकी पनि तर मेरो अगि तिमी एउटा बिश्वास र जीन्दगीको रंगीन पुस्तक बनेर देखिएकी छौ त्यसैले म ती रंगीन पुस्तकका हरेक पाना तिमी संगै शब्द र अर्थ सहित पढ्न चाहन्छु र तिमी बिना यो सम्भब पनि देख्दिन म किनकी यो तिम्रो पुस्तक हो र तिमी आफै यसको गुरु पनि सिक्नु र बुझ्नु छ तिम्रो पुस्तक र तिमिलाई भनिन्छ कुनै कुरा सिक्नको लागि गुरु चाहिन्छ तिमी मेरा लागि गुरु बन म हरेक कुरा सिक्छु तिमीबाट एउटा बबुरो बालक बनेर मलाइ जीबनभर पढाउनु छ तिम्ले र पढाउने पनि छौ यो मेरो बिश्वासले भन्छ ।

         हामि बीचको सम्बन्धको सुरुवात र यसले लिएका अनेकौ उतारचढाावलाइ तिमीले बुझ्नु पर्छ केलाउनु पर्छ । तिमीमा म छु भन्ने बिश्वास मलाइ भइसकेको । नभय किन तिमीलाइ कसैले केही भन्दा कसैको नाममा तिमीलाइ जोड्दा , तिम्रो हरेर पिडामा म किन दुख्छु छटपटी किन हुन्छ मलाइ तिम्रा हरेक शब्द मलाइ किन पढू पढू लाग्छ दोहोर्याइ तेहर्याइ किन छटपटि हुन्छ तिम्रो रिप्लाइ ढिलो हँुदा यो सब तिमी ममा समाहित भइसके छौ भन्ने प्रमाण हो मेरा लागि तिमी मान
या नमान।यो मन तिमीमै हराइसकेको छ त्यसैले पल प्रत्यक पल तिमी संगै रहन चाहन्छ यो मन तिम्रै सामिप्यता चाहन्छ तर तिमी समिप आउनासाथ मन बालक भैदिन्छ र बोल्ने कुरा नबोलेर अर्कै बिनाअर्थको कुरा बोली दिन्छ अनि तिमी फिस्स हास्छौ र प्याट्ट टाउकोमा छुन्छौ अनि म भित्र भित्रै लजाउदै यति रमाउछु कि तिमीलाइ हेर्न सक्दिन र काम गर्न थाल्छु तिमी पनि आफ्नो काममा बाहिरिन्छौ । मैले नसोचेको पनि होइन हाम्रो सम्बन्धको बारेमा आफैले आफैलाइ थमथमाउने प्रयास पनि धेरै गरे तर त्यो सम्भब देखिएन र पोखियो तिम्रो सामु मैले नचाहदा नचाहदै पोखिएको हो म यो भाबनालाइ आफैभित्र सडाएर गलाउने मनस्थितीमा पुगेको थिए तर त्यो हुन सकेन सायद त्यो सम्भब पनि थिएन होला त्यसैले छचल्कियो । हुनत तिम्ले अहिले मैले गरेका र भनेका लेखेका कुरा धेरै सुनेकी हौली केही भोगेकी हौली तर यो मेरो भाबना त्यसरी सतही तरीकाले आएको होइन तिम्ले बुझ्नु आबश्यक छ एकपटक भित्री मनलाइ सोधी हेर त ।

         मैले तिमीलाइ चाहनु र तिम्ले मलाइ नचाहदा नचाहदै माया गर्नु र एउटा अनौठो मायाको अनुभब दिन यो सब मन पराउनु भन्दा पनि माया गरेको स्पष्ट हुन्छ । यही नै हामी बीचको प्रेम सम्बन्धको जरो हो जस्तो मलाइ लाग्छ । संसारमा सबैको प्रेम एकै तरिकाबाट मौलाएको हुदैन एकपटक सोंची हेर त ।

        तिम्रो र मेरो सम्बन्धको उतारचढाबको हरेक धटना उतार्ने हो भने उपन्यास बन्ला कथा बन्ला म कथा बनाउन चाहन्छ र उपन्यास पनि त्यसले धेरैलाइ रुवाउला म कसैलाइ रुवाउन चाहन्छ सबै पिडा आफै सहन चाहन्छु त्यसैले मेरो भाबनाको दुई शब्दलाइ बुझ्ने छौ मेरो बिश्वास छ ।.................................................................

0 comments:

Post a Comment