Thursday, May 9, 2013

कविता "पागल बस्ती र म"

१ .म पागल भएको सबैले थाहा पाउन
मैले पागल बस्ती बनाएको सबैले जानुन
म आवारा भएको सबैले बुझुन 
किनकि म लावारिस हुँ
काम नपाएको


२ .  मेरो पागल बस्ती
जहाँ अलौकिक शक्ति छ
प्रेम छ सद्भाव छ श्रद्धा छ
तिम्ले नबुझेको एउटा
प्रेममय बस्ती छ


३ .मलाई भगवान्ले आसिर्बाद दिएर
प्रेममा पागल बनाएको छ
म धन्यवाद दिन्छु त्यो
अलौकिक शक्ति भएको
परमात्मालाई जसले मलाई आज
पागल बस्ती बनाउने
सामर्थ्य मात्र दियो

४ . मेरो बस्तीमा एक दिन तिमि अवस्य आउनेछौ
अनि लिप्त हुनेछौ यहाँका
प्रेममय आत्माहरु संग मिलेर
कहिल्लै फर्कने छैनौ
त्यो आफ्नो दुर्गन्धित बस्तीमा
जसले तिम्लाई खराब बनायो
म बाट टाडा बनायो


५ . म त्यो बस्तीको प्रेम बाँड्ने मान्छे
बर्बराउदैछु प्रेमका उछिस्ठहरु सहित
किनकि तिम्रो बस्तीमा स्थान छैन मेरो
किनकि त्यहाँ प्रेम छैन
त्यसैले पागल बस्तीको
आवस्यकता देखिदैछ


६ . मलाई विश्वास छ
मेरो पागल बस्ती तिमीलाई मन पर्ने छ
अनि बुझ्नेछौ मेरो प्रेम
अनि अंगाल्ने छौ
सारा संसारलाई छोडेर
अनि हामी रम्नेछौ
त्यो पागल बस्तीमा



कल्पित शाखा
हाल भारत  लखनउ

०९-०५-२०१३


0 comments:

Post a Comment