
चाडै प्रसन्न हुन्छन भगवान धर्मले ।।
ऋषिहरूले उच्च स्थान दिए धर्मलाई ।
जान्छन देवलोकमा ईन्सान धर्मले ।।
एक एक गरी सेवा गरौँ देश जनताको ।
जुटाउनु पर्छ देशमा जवान धर्मले ।।
संस्कार आफ्नो भुल्नुहुन्न कहिल्लै पनि ।
जन्माउनु पर्छ हामिले सन्तान धर्मले ।।
पाली पोषी पढाउनु पर्छ छोरीलाई ।
बिदाई गनु कर्म कन्यादान धर्मले ।।
भुल्न हुन्न योगदान ईतिहास पूर्खाको ।
दिएका थिए देशलाई बलिदान धर्मले ।।
बालक बबुरो
16-06-2013
लुम्बिनी कपिलबस्तु नेपाल
0 comments:
Post a Comment