Thursday, July 11, 2013

जताततै सुसंस्कारको संचार हुनुपर्छ ।

जताततै सुसंस्कारको संचार हुनुपर्छ ।
ज्ञान बुद्धि अनि सुबिचारको संसार हुनुपर्छ ।।

विकासका पूर्बाधार निरन्तर हुनुपर्छ ।
अत्याचार होईन न्याय अधिकार हुनुपर्छ ।।

एक्काईसौँ सताब्दि बिग्रियो भन्दैछन ।
सद्बिचार अनि सत्कर्मको आधार हुनुपर्छ ।।

आजको युगमा बिचार बाटै क्रान्ति सम्भव छ ।
रावण बृतिहुने रोगिको उपचार हुनुपर्छ ।।


खोज्दैन मान्छे आफु धर्तिमा जन्मनुको कारण ।
त्यो सत्ताको ह्रदय उदार अपरम्पार हुनुपर्छ ।।

आजभोली गजल सबैले लेख्छन हेर्नुस त ।
भाब फरक तर रदिफ काफिया साभार हुनुपर्छ ।।

कमल पौडेल "बालक बबुरो"
लुम्बिनी क.ब. नेपाल
हाल भारत उत्तराखण्ड
06-06-2013

0 comments:

Post a Comment