Thursday, July 11, 2013

समस्याका ठूला ठूला प्रखाल हुनुपर्छ ।

समस्याका ठूला ठूला प्रखाल हुनुपर्छ ।
भनिन्छ धनि बन्नलाई कंगाल हुनुपर्छ ।।

परिबर्तन गर्नलाई तपस्या गर्नैपर्ने हुन्छ ।
खैराबैला उथलपुथल अनि धमाल हुनुपर्छ ।।

अत्याचार दुराचार अनि भ्रष्टाचार हटाउन ।
एक दुई होईन लाखौँको बगाल हुनुपर्छ ।।


भनिन्छ धर्तिमा युगपुरूष जन्मीनको लागि ।
अलौकिक शक्तिको अनौठो कमाल हुनुपर्छ ।।

आजपनि अहिँशा मच्चाउने कोही होईन ।
आशुरी त्यो रावणको नजिकी दलाल हुनुपर्छ ।।

मान्छे मर्लान सहिद बन्लान ठिकै छ ।
तर यँहा देश बन्नलाई बबाल हुनुपर्छ ।।

कमल पोडेल "कल्पित शखा"
कपिलबस्तु हाल भारत
20-05-2013

0 comments:

Post a Comment