Sunday, August 11, 2013

राम्रो मान्छे बन्न नैतिकताको आचरण हुनुपर्छ ।

राम्रो मान्छे बन्न नैतिकताको आचरण हुनुपर्छ ।
सत्कार,सेवा,नियम सबैको आवरण हुनुपर्छ ।।

उद्देश्य छुन कठिन छ मेहनत गर्न छोड्न हुन्न ।
प्रेम,करूणा,आस्था, बुद्धको जस्तो तपन हुनुपर्छ ।।

सबै असल मान्छे बन्न खोज्छन बाटो कठिन छ ।
बन्नलाई कुकृत्य,दुष्कर्म सबैको हरण हुनुपर्छ ।।

सही गलत छुट्याउन आजभोली निकै गाह्रो छ ।
नैतिकता बिवेकिपनको संधै आँकलन हुनुपर्छ ।।


देश अनि समाज बन्न केहि त पक्कै हुनुपर्छ ।
एकताको लागी पृथ्वीको जस्तो जलन हुनुपर्छ ।।

दूध उम्लिएको छ सबैको ध्यान जानु जरूरी छ ।
देशमा अब एकताको फेरी जागरण हुनुपर्छ ।।

बालक बबुरो
कपिलबस्तु हाल बिरगंज
2070।04।05

0 comments:

Post a Comment