Sunday, August 11, 2013

धेरै जुक्ति नलगाउ फेरी गाल पर्न सक्छ ।

धेरै जुक्ति नलगाउ फेरी गाल पर्न सक्छ ।
उसले षड्यन्त्र रच्दैछ जाल पर्न सक्छ ।।

बाँच्ने ईक्षा देखाउछौ दोषी बनी भने ।
तिम्रो भागमा खुशि होईन काल पर्न सक्छ ।।

उसले जे भन्छ त्यो मान्दै गयौ भने ।
पक्कै उसलाई फसाउन ताल पर्न सक्छ ।।

काटमार हत्या हिँसा यस्तै हुन्छ भने ।
कन्चटमा बन्दुकको नाल पर्न सक्छ ।।

गुलकोज भन्दै मिठो मान्दै चाटौला नि फेरी ।
नसेबाजी ब्राँउनसुको माल पर्न सक्छ ।।

0 comments:

Post a Comment