Sunday, September 29, 2013

यो धर्तिमा धर्म धेरै छन कर्म पनि धेरै छन ।

जिन्दगीको गोरेटोमा फकिर पनि भेटिन्छ ।
पैसाले मात्तिएको निकम्मा अमिर पनि भेटिन्छ ।।

सहि गलत छुट्याउने काम आफ्नै हो दुःखमा पनि ।
हरेक कठिनाईलाई फूल सम्झे तकदिर पनि भेटिन्छ ।।

घाम छायाँ हो जिन्दगी यो सोँच्नुपर्छ हामिले ।
मोड मोडमा सहनै नसकिने जन्जिर पनि भेटिन्छ ।।...

यो धर्तिमा धर्म धेरै छन कर्म पनि धेरै छन ।
हेर्दै जानुस कतै मूर्ति बिनाको मन्दिर पनि भेटिन्छ ।।

कर्मबादी बन्नुस निस्छल कसैलाई नठगी नछली ।
अनि मात्र हेर्नुस भाग्यको लकिर पनि भेटिन्छ ।।

यो नसोँच्नुस कि धर्तिमा फटाहा मात्रै छन् ।
डुल्दै जाँदा धेरै ठाँउमा मान्छे गम्भिर पनि भेटिन्छ ।।

बालक बबुरो
कपिलवस्तु हाल पूर्बाञ्चल नेपाल

0 comments:

Post a Comment