Thursday, October 17, 2013

एउटा प्रश्न ?

मेरो मन चाहना त्यो होइन, उग्र मनोभाबले गर्दा गर्नै नचाहने गल्ती पनि मान्छेबाट हुन्छ कहिलेकाहीँ । ठिक गरिरहेछु भन्दा दोस्रो ब्यक्तिलाई ठिक लाग्दो रहेनछ । त्यसपछि असह्य पीडा हुन्छ परिणाम बाहिर आउँदा । भयो आज त्यस्तै मैले माया कमलाई देखाएछु त्यसैको परिणाम प्रतिफल पनि आज बाहिर आयो । त्यसैले अलिकति मस्तिष्कमा झन्झाबात गरायो । तर एउटा मीठो पाठ मेरो अगि देखियो । अब त्यस्तो हुन नदिनु मेरो परीक्षा हुन आउँछ ।


हठ अलि बढीनै हो उसको त्यसमाथि बि.पीको प्रभाब , बाल मनोबिज्ञान अचम्मको हुदो रहेछ बुझ्नै गारो ,तर अहिले मुल्याङ्कन गर्दा स्थिती साम्य भइ सकेको छ । उसले बुझि सकेको छ मेरो मनोविज्ञानले यही मुल्याङ्कन गर्दै छ । तीन सय जनाको भावना र मनोविज्ञान कसरी बुझ्ने आफैमा गाह्रो बिषय छ । तीन चार जनालाई सम्भब भए पनि यति धेरै कताबाट भ्याउनु त्यति सूक्ष्म मति पनि त छैन । भयो बिडम्बना भाबना सबैको हुन्छ । गलत अथवा सही फरक यसैमा पर्छ घटना परिघटनाको उतार चढाब त्यहीबाट सुरु हरन्छ ।

उग्र मनोभाब एक किसिमको अहम जस्तै पनि आफै श्रेष्ठ ठान्छ । काम गर्दाबेर सोंच्दा पछि मात्र थाहा हुन्छ । म कति पानीमा छु  भन्ने कुरा भनिन्छ सत्यता लुक्दैन बाहिर कसैले नहेरे पनि आफ्नै आत्माले धिक्कार्छ कहिलेकाही सबैभन्दा ठूलो हार त्यही हुन्छ । जब आत्मग्लानी हुन्छ पक्के पनि जब आत्माले लखेट्छ तब गल्ती र घटना परिघटना आफै कम हुदै जान्छ मनोबलले आत्मबलको रुप लिन्छ बाटो छर्लङ्ग हुन्छ ।

अफ्रिका नामै सुन्दा अचम्म लाग्ने, थाहा पाईहाल्नु भयो होला उ कालो पनि छ । किन यस्तो गरियो बा उ आफै गर्यो कुरो यही निर छ नाम धेरै चलेको छ यो खोरमा । बाख्रा भेडाको बीचमा अस्त भर्खर एउटा बाख्राको नाइके भन्दै थियाृ याउ अफ्रिकीलाई कुनै लिन झेको झार्छु राणासासन लगाउदैछ । बिनाकारण कुट्छ गाली गर्छ । भेंडाको पनि टिम बन्दैछ एक जुट हुनलाई अधिकार माग्नलाई न खान राम्रो न ब्यबस्था भरदिन एउटै खाना मुखमा राम राम बगलीमा छुरा हुदै आएको बाख्रा भेंडाका नाइकेहरु बताउछन । बाख्रा भेंडा यति तर्सीत छन । त्यो अफ्रिकाको अनुहारै देख्न नपाए हुन्थ्यो भन्ने ठान्छन तर के गर्नु बिडम्बना एउटै छ न्याय अधिकार कसरी पाउने चलिरहेको एक्काइसौ सताब्दीमा पनि राणाशासन लगाएर हुन्छ । न अफ्रिकाले बुझ्छ यो कुरा न त जङ्गल हाँक्ने सिंहले नै सिह त झन आफ्नो गर्जनबाटै सबैलाइ चुप गराइदिन्छ । अस्ति बाख्रा भेंडाको नाइके भन्दै थियो उसको नजिक केही कुरा गर्न गयो कि यस्तो गर्जन हान्छ कि हामि केही बोन्नै सक्दैनौ  भएको अन्याय हो चाहिएको अधिकार अधिकार चुप चाप बसेर पाइदैन क्रान्ति गर्नुपर्छ बोल्नुपर्छ लड्नुपर्छ यो कलियुग हो । निरिह बाख्रा भेडालाइ जगाउने कस्ले उठाउने कस्ले सधै सिन्की खदाइ खाने बानी परिसकेको छ । अस्ति एउटा बाख्राको खुट्टामा निल डाम परेको थियो ठूलो क्रन्दन गर्दै थियो बाध्य भएर अंगाल्नस पर्यो कसले सुन्ने बाख्रा भेँडाको पिडा ।

बाख्रा भेँडा भनेका काँचो माटो जस्तै हुन यता लग्न पर्यो सिउ गर्यो लौराले बजार्यो गइहाल्छ उता लग्न परे त्यसैको आबृति दोहोर्याए पुग्ने विचरा बाख्रालाई उफ्रने मन पनि हुदो हो । खाली खोरमा खाँदेको छ म्याँ........ गर्न सिकाको छ म्याँ....... गर्न पनि कति सिकाको हो बाख्राले जानेकै त्यहि हो । अरु सिकाए पनि हुने नि अस्ति शनिबार त भेँडाकी नाइकेनी भन्दै थिइ के म्याँंंंं........ मात्र सिकाको होला रटाएको रटाइ गर्छ बा पाठा पाठीलाई जस्तो झ्याउ लागेर आउछ भन्या । कस्तो अचम्म म्या नरटे कालो ढेँडुवा आउँछ लामो पुच्छर लिएर अनि पुच्छरको टुप्पाले सोठ्याउँछ निल डाम पर्ने गरी बिचरा भेँडा बाख्रा म्याको लम्बेतान तान्दै बरर......... आँशु झार्छन । डेरा आँखा लगाउदै ढेडुवा खोरबाट बाहिरिन्छ कराउँदै । खै कस्तो अफ्रिकी ढेडुवा हो खाली म्या मात्रै सिकाउछ हामिलाई पिट्नुभन्दा मारेर खाए पनि हुने नि बाख्री भन्दै थिइ एक दिन मेसो मिलाएर भाग्छु खोरबाट अनि हाइ सुख्ख हुन्छ ।

अन्याय बिरुद्ध बोल्न बाख्रा भेँडाहरु पनि आफ्नो आत्मबललाई बलीयो बनाउदै छन । तनाबमा बाँच्न सिकी सकेका बाख्रा भेडाहरु न्यायको आबाजले उत्साहको आबाजले प्रफुल्लित भएर बोल्ने चेष्टा गर्दैछन । जतिखेर पायो त्यतिखेर जे पायो त्यही बोल्न पाइन्छ देशमा गणतन्त्र आइसक्यो हौसाउने अर्को जन्तु यस्ता शब्द फलाक्दै उनीहरुको आत्मबल बढाउने काम गर्छ हिजो त हौसिएर आफूले आज सम्म यो खोरमा भोगेका  पिडाहरुलाई शब्दमा उतार्ने काम पो सुरु गरेछ बाख्राको नाइकेले देखाउदै थियो धेरै पहिले देखिको दबेको आफ्नो पिडा । हरेक दिन सिन्की खँदाइ हुन्छ । तर त्यसको प्रभाब सुन्य छ त मात्र त्रास जिन्दगीभर नभुन्ले नमेटिने दाग सहितको त्रास बोकेर भोली बाख्रा भेँडाहरु खोर छोडेर निस्कनेछन । अनि बन्नेछन आतंकबादी अतिबादी र क्रान्तिकारी अतिबादी आतंकबादी जन्माउने त्यस सिँह र ढेँडुवालाई सही गलत छुट्याउने भाबना छैन होस पनि कसरी ढेडुवा न पर्यो हाम फाल्न मात्र जानेको कामै के भो र पुच्छर उचाल्यो बाख्रा भेँडालाइ सोँठ्यायो बिचरा एकछिन रुन्छन मनैमन प्रतिसोधको भाबना जगाउछन अनि सोच्छन मेरो नि एक दिन पालो आउछ आज तेरो पालो भए मेरो भोली अबश्य हुन्छ समय सबैको एक चोटी आउछ । बिचरा बोल्न कराउन भन्दा प्रतिसोधको भाबना मात्र जगाउने भए ढेडुवाको खोरमा आएर एकचोटी बाख्रो बनेर सोँच्दा लाग्छ सिधै बम पड्काइ दिउ ढ्डुवाको खोरमा तर के गर्नु सम्भब पनि छैन कसरी गर्नु त्यस्तो काम कहिल्लै  गर्या भएपो गर्ने त होइन कहिले काँही रिसले यस्तो भाबना पनि आउछ अफ्रिकी ढेडुवाले गर्दा बाख्रा भेँडाको पिडा देख्दा मन अमिलो भएर आउछ ।

कस्तो बिडम्बना धर्ति राम्रो छ ब्यबस्था राम्रो छ । भनेर हौसिदै आएको त कहि नभएको जात्रा हाडी गाँउमा  भने जस्तै पो रहेछ त । निकम्मा जनावर पो रैछन शोषण दमन गर्न जानेका लोभ देखाएर । के न के राणा शासन लयाउने बा तर खुसिको कुरो अब पबिर्तन टाढा छैन  ढेडुवाको पालो सकिनै आटेको छ । त्यसपछि पालो बाख्रा भेँडाकै हो । आवाज उठाउने अभियानमा भरपूर जुट्ने तयारीमा रहेका छन बाख्रा भेँडाहरु पनि  खुसि लाग्दैछ । त्यो दिन टाढा छैन अवश्य पालो आउछ । अनि चैन मिल्ने छ बाख्रा भेडालाइ प्रेमले म्याँंं...................... रटाउनेछन प्रेमले ब्यबहार देखाउनेछन अनि बल्ल बाताबरण संस्कारित हुनेछ स्वर्ग समान स्वच्छ सफा हराभरा सुगन्धित प्राणवायु छर्नेछ पृथ्वीले सबै रम्नेछन त्यो बाताबरणमा मेरो कल्पना मेरो चाहना पूर्ण हुनेछ अबश्य अबश्य । .......................
.................................... समाप्त

बालक बबुरो
कपिलबस्तु हाल पूर्बाञ्चन नेपाल

0 comments:

Post a Comment