Thursday, October 17, 2013

मुकुण्डो

एउटा मुकुण्डो
जसले साम्राज्य जमाएको छ ।
अनेकन आत्माहरुलाई पीडा दिइराखेको छ ।
आफ्नै चरित्र बेचेर पाएको सफलता हो उसको
आत्मीयता ब्यबहारिकता सहिष्णुता
यस्तै अनेकन आस्थाहरु बेचेको छ ।


उसले देखाएको बाटो अचम्मको छ ।
उसको ब्यबहार अचम्मको छ ।

उ आफै अचम्मको ब्यक्ति छ ।
फेरी न उठ्नेगरी ,
उसको खम्बा भाँचिएको छ ।

धेरै भयो चरित्र लुटाएको
आफ्नो भाग्य फुटाएको
अनि लरखराउदै
अनैतिक सफलता पाएको
मैले देखेको मुकुण्डो धारिको
बास्तबिक चरित्र यही हो ।

अनेकन सम्भाबनाको बगरमा ,
बालुवामा पानी खन्याएको छ ।
मिल्नु मिलाउनु भन्दा झन्झाबात बढाएको छ ।
स्खलित मानसिकताको उपजले,
अरु आत्मालाइ क्रान्तिकारी बनाएको छ ।

क्रान्तिकारी उत्पादनको भूमि बनेको छ ।
पबित्र भूमिको उपहास भएको छ ।
आत्मियताको ह्रास भएको छ ।
प्रमेको अभाब छ
करुणाको कमि छ
बस मुकुण्डोधारी भएको भूमिमा
यस्तै यस्तै धेरै कमि छ ।
बस कमि छ ।

बालक बुबुरो
कपिलबस्तु हाल पूर्बाञ्चल नेपाल
२०७० भाद्र २७ गते

0 comments:

Post a Comment