Thursday, October 17, 2013

घोंडा

चना खाएर मात्तिएको घोँडा
आवश्यकता भन्दा बढी हिनहिनाउछ ।
आफ्नै सिद्धान्तले स्वतन्त्र भएकोले
अनावश्यक बिसृङ्खलित
वाक्यको स्फुरण गर्छ ।
आवश्यकता बिना,
अधिकार बिना
नैतिकता बिना



उसको सिद्धान्त आफ्नै पाराको छ ।
स्वच्छन्द स्वः तस्फूर्त रुपमा
आफ्ना आवश्यकताशरुलाई
मौलाउन दिन्छ ।
नैतिकताको ख्यालै नगरी
संस्कार संस्कृतिको
 ख्यालै नगरी ।

गिदी र मतिमा
धमिलो पानिको ढेल छ
त्यसैले आधुनिकताको ढोँग गर्छ ।

फुटबल जस्तो
खोक्रो आदर्श देखाएर
गौरवान्वित ठान्छ आफूलाइ ।
विकृत मानसिकता वोकेर
उसको स्वतन्त्रता
बेलगाम दौडी रहन्छ
नब्बेको रफ्तारमा नरोकिने गरी
तर्कमा कुतर्क दिदै
अनबरत रुपमा ।

बोल्दा लाग्छ उसको मुख
कुतर्कले भरिएको छ
आफ्नो यथार्थ

इतिहास लुकाएर
बेग्लै पहिचान कायम गर्न खोज्छ
आखिर घोडा न हो जानेकै दौडिन
बेलगाम दौडि रहन्छ
कुतर्क सहित
नैतिकता रहित,
आदर्शको ढोंग रचेर
आफ्नो साम्राज्य
कायम गर्न खोज्छ
बेलगाम दौडेर ।

0 comments:

Post a Comment