Saturday, February 22, 2014

~गजल~

पुस्तक बिकाउने शीर्षकको नाम चलेछ ।
धर्म र ईश्वरको बेज्जत गर्ने काम चलेछ ।।

खै अलि पहिले सम्मत ठिकै थियो ।
आजभोली गजलको नियम हराम चलेछ ।।

कुन तुक र अर्थले लेखेको हो थाहै भएन ।
संस्कृति परम्परा र भगवानको लिलाम चलेछ ।।

ईमान ईज्जत प्रतिष्ठा केहीको महत्व छैन ।
हिसाब-किताबमा तलमाथी दाम चलेछ ।।


भन्दै थिए बा अति गर्नु अत्याचार नगर्नु ।
आफ्नो नाम चलाउन काम तमाम चलेछ ।।

आफ्नै थालमा थुक्नु चुठ्नुको के अर्थ ?
घटिया शीर्षकमा गजलकारको कलाम चलेछ ।।

बालक बबुरो पूर्बाञ्चल नेपाल 

0 comments:

Post a Comment