Saturday, February 22, 2014

मद्होसी रात भेट्दै छु

आजभोली मद्होसी रात भेट्दै छु ।
आङै सिरिङ्ग्याउने हात भेट्दैछु ।।

आगो-आगोको टक्कर हुँदैछ त्यसैले ।
सिथिल तनमा यौवनको मात भेट्दैछु ।।

उसले हल्ला चलाएछ मेरो बारे यस्तो ।
पानी नचल्नेसंग सुत्यो भन्ने जात भेट्दैछु ।।

उ खोज्दै थियो रात बिताउने हरूलाई ।
ईमान ईज्जत बिकाउने बात भेट्दैछु ।।

हिंसा भड्किएछ जताततै त्यसैले ।
सबैका मनमा अनेकौँ त्रास भेट्दैछु ।।

छिनमै मन बदल्ने रैछन आजभोलीकाले ।
बिसम्बारमा परी आज घात भेट्दैछु ।।

बालक बबुरो
पूर्वाञ्चर नेपाल

0 comments:

Post a Comment