Monday, April 13, 2015

कविता हो छन्दको निश्चल मनको ==============??

ऽऽऽ ।।ऽ ।ऽ। ।।ऽ ऽऽ। ऽऽ। ऽ


मान्छेको जुनि अमूल्य निधि हो यो जीवको निम्तित ,
जागा बन्न सके निरन्तर सखे बन्दै ठूलो चिन्तित ,

हाम्रो जन्म हुने थियो अनि अहो सानन्दले सिञ्चित ।।
भन्ने भाव लिएर यो हृदयमा सोंची यहाँ किञ्चित ।

बाली ज्योति विवेकको अघि बढौं संघर्ष हो जीवन ,
भाग्ने होइन जाग्नु पर्दछ यहाँ निद्रा हटाई कन ।
यो संसार असार सार दुइटै भावार्थले पूर्ण छ ।
छुट्याएर असारबाट अनि सारै प्राप्त लौ गर्नुछ ।।

अफ्ठ्याराहरु आउँछन् सडकमा काटा बनि तेर्सिन ,

हटछन ती दरिलो मुटू यदि भए लौ हुन्न है विर्सिन ।
मर्ने शील अभिज्ञ जीव रुप यो मर्नेछ लौ मर्नुछ ,
ब्रह्मारुप भएर ब्यापक बनी ब्रह्माण्डनै चर्नुछ ।।

बुद्धको राज्य कैलाश आश्रम

0 comments:

Post a Comment