Monday, April 13, 2015

विश्वास चाहियो भगवान भेटिन्छ ढुंगामा पनि |

विश्वास चाहियो भगवान भेटिन्छ ढुंगामा पनि |
कलियुगमा धनि बनेका छन् लौ सुदामा पनि ||

सानो छँदा घाम ताप्दै आमाले तेल लगाउदा |
आजभोली भन्दा राम्रो देखिन्थे रे बुङ्गामा पनि ||

विवेक छैन मान्छेमा पशुहरु शालीन बन्दैछन |
भाव भेटिन्छ वट वृक्ष गुराँसको थुङ्गामा  पनि ||



केटा जुँगा खौरन्छन केटि आंखिभाउँ खौरन्छन |
मर्दको इज्जत लुकेको हुन्छ दार्ही जुङ्गामा  पनि ||

आवरण चटक्क हुनेहरुको भित्र अशान्ति हुन्छ |
आकाशमा उड्छ मान्छे तैरिन्छ दुङ्गामा पनि ||


बालक बबुरो
बुद्धको राज्य कपिलवस्तु कैलाश आश्रम
दधि स्मृति साहित्य समाज 

0 comments:

Post a Comment