Sunday, May 31, 2015

शीर्षकबिनाकाे गद्य लहर ................. ।।

म एक टुहुराेजीवन देखि लरखरिएकाे
बुङ्गाे बाँदर जस्ताे
रुखकाे हाँगा चहार्ने
डालीका सुगन्धमा गन्ध खाेज्ने
लाैकिक चाहना पाेख्ने
खाली बितृष्णाकाे पाठ
अतृप्तताकाे सन्त्रास
मेराे भाेगाई
मेराे जिवनाभास
लामखुट्टेकाे राैं र खुट्टासंगै
रगत र मासुसंग खेल्दै

प्रेममय रस चुहाउँदै
जीवनलाई स्खलित
बनाएकाे म
बाँड्दैछु अतृप्त ज्ञानलाई
मेराे दैनिक लडाई
अाफ्नै जीवनसंग
चाहना,भाेगबिलासीता, अाधुनिकता

एउटा नाङ्गाे नाच
बाेक्रे नाच
घनघाेर झाडीभित्र
एक्लै
एक्लै ।।
..... बालक बबुराे....

0 comments:

Post a Comment