Thursday, June 4, 2015

सबै छताछुल्ल भएका थिए भुकम्पको खबरले ||

चराचुरुंगी कराउदै सुगा उड्दै थिए एक लहरले |
गड-गड़ाई रहेको थियो आकाश आफ्नै प्रहरले ||

परिवारमा ठुलै भतेर चलिरहेको थियो त्यहिबेला |
सबै छताछुल्ल भएका थिए  भुकम्पको खबरले  ||

हजारौं मरे लाखौ हताहत भए  प्रभुकै लेखनीमा   |
पृथ्वी दोहनको परिणाम भोग्दै थियो गाउँ शहरले ||



काल आए मात्र मरिन्छ यो विधिको बिधान हो रे |
बिध्वन्स कमाल देखाउदै थियो कालकुट जहरले ||

कोहि रुदै अनि कोहि पलपलमै कराउदै उफ्रदै पनि |
अनौठो विधिको खेल हेर्दै थियो परबाट अकबरले ||

0 comments:

Post a Comment