Sunday, June 7, 2015

बोकाएर भारी नदी पारीबाट |

म एक भन्छु तिमि चार भन्छौ |
चोखो यो माया बसाई सार भन्छौ |

बिचरो अबोधको थियो गल्ति के र ?
पेटको भ्रुणलाई छिटो मार भन्छौ |

बोकाएर भारी नदी पारीबाट   |
उठाएर लौरो नदी तार भन्छौ ||

अस्तित्वको चार किल्ला तोडेर  |

नमिठो वाक्यले मेरो जार भन्छौ ||

जीवनदेखि टाढा गएकी उनीलाई   |
दिलाउने थिए नी कारागार भन्छौ ?

बालक बबुरो

0 comments:

Post a Comment