बलेको छ आभा खुलि देवता मा
लगाई ललातै भरि ति श्रीखण्ड
गरेको छ तप त्यो खण्ड खण्ड
लुकाएर आफ्नो बिकारी स्वरूप
बनेको छ सुन्दर फुलेको छ पंकज
अनेकौं चंचलता हटी शान्त आयो
अध्यारो हटी सुख कान्ति छायो
लिएर प्रारब्धको एक गास
गर्दै छ सिद्धस्थलिमा त्यो बास
परेर बसमा सब इन्द्रियलाइ
झुमेको छ पद्मासन त्यो लगाई
म के हुँ र आत्मा सब जानेका छन्
सब कण्ठ पारी मन तारेका छन्
आकाश पाताल जता ततै त्यो
देदिप्यमान भइ रहन्छ जो
0 comments:
Post a Comment