Tuesday, January 31, 2017

गायत्रीको आवश्कता र अनिवार्यता

‘‘सबको लागि सदबुद्धि सबको लागि उज्ज्वल भविष्य"सबको मनमा यही भाव  जागे धर्ती स्वर्ग बन्छ ।’’गायत्री के हो? गायत्री विश्वमा सबै भन्दा शक्तिशाली महामन्त्र हो । यो जत्तिको शक्तिशाली  साधना विश्वमा न थियो, न छ , न हुनेछ।  मन्त्रहरू ध्वनी  विज्ञानमा आधारित हुन्छन् र ध्वनी अनुसार नै प्रभाव पार्दछन् । जस्तै := लोरीले  मान्छे निदाउँछ । युद्धमा बज्ने  धुनले  जोश भर्दछ । सैनिकहरूलाई  पुलमा एक तालमा हिड्न  दिइन्न । देशै  भरिका मानिसले एक साथ एक स्वरमा गायत्री मन्त्र बोल्ने हो भने एटोम बम पनि निष्प्रभावी हुन्छ । 
     गायत्री महामन्त्र :=  भूर्भुव: स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न: प्रचोदयात् ।
          यसको भावार्थ ती प्राण स्वरूप दु:ख नाशक, सुख स्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देव स्वरूप, परमात्मालाई हामीले अन्तर आत्मामा  धारण गर्दछौं  तिनले हाम्रो बुद्धिलाई सन्मार्गमा लागिरहन प्रेरित गरून्। सारांस:= सबको लागि सद्बुद्धि ,सबकोलागि  उज्ज्वल भविष्य हो।
       माधवाचार्यको कथाबाट गायत्री साधना कहिल्यै खेर जान्न भन्ने पुष्टी हुन्छ। पहिला साधनाले  संचित पापलाई  नाश गर्दछ र पछि मात्रै पुण्य रूपी फल दिन थाल्छ, त्यसालाई  साधना निष्फल भयो भन्न मिल्दैन, किनकि ऋृण चुक्ता नभइ धन जमा हुँदैन। जति ठूलेा  संकल्प लिइयो त्यति ठूलो  साधनाको बल जमा गर्नु पर्दछ ।
             सावित्री र सत्यवानको कथा पनि सबैलाई थाहै छ। गायत्री साधिका विधवा हुन पर्दैन भन्ने सुनेर नै तिनले  एक  वर्ष  मात्रै आयु  वाँकी भएका  सत्यवान संग  विवाह गरेकिथिइन् र त्यसैको परीक्षण गर्न एउटै  वरदानमा  आयु , प्राणम् , प्रजाम् , पभुम्, कीर्तिम् , द्रविणम् छ वटा भौतिक लाभ र  आत्माबल, ब्रह्मबल ब्रह्मलोक ३ वटा  आध्यात्मिक लाभ प्राप्त गारिन् । धन त्यसैले  कमाउनु  पर्छ , जसले सदुपयोग गर्छ । दुरूपयोग गर्नु भन्दा  गरीबै हुनु जाति व्यसनमा त लागेन । मूल्यवान वस्तु र खतरनाक वस्तु गोप्य राखिन्छ, प्रतिवन्ध लगाइन्छ। गायत्री मूल्यवान पनि हो, शक्तिशाली  हतियार पनि हो । त्यसैले  प्रतिबन्ध लगाइएको  हो । सिकाउँदा  सुन्न  पर्छ ।  जप्दा सुंन्न हुंदैन  ।
       ब्राह्मण जात होइन वर्ग हो । यज्ञोपवीत संस्कार भएर गायत्री जप्न थाले पछि मात्रै ब्राह्मण हुनेहो । उहिले ब्रतवन्ध नभए सम्म भान्सामा जान पाइन्नथ्यो । प्रत्यक्ष किम् प्रमाणम् जुन प्रत्यक्ष छ त्यसको प्रमाणको के प्रयोजन छ? माता अर्थात पैदा गर्ने शक्ति। गायत्री वेदमाता ज्ञानकी निर्मात्री। देवमाता मनुष्यमा देवत्व भरिदिने शक्ति। विश्वका सबै प्राणीलाई समान रूपले प्यार स्याहार दिने, सुपुत्रलाई मुसार्ने र कुपुत्रलाई सुधार्न सक्ने मातृशक्ति। गायत्री माताको सन्निध्य पाउने वित्तिकै मानिसलाई विशाल आनन्द प्राप्त हुन्छ। त्यसैले गायत्री साधक सधै संयमी र तनाव मुक्त रहन्छ।
गायत्री कामधेनु हो, कल्पवृक्ष हो, पारस मणि हो, ब्रह्मास्त्र हो। कामधेनुको दुध अमृत  हो यसले  अमरत्व  प्रदान गर्दछ  । कल्प वृक्षको छायामा बसेर जे कल्पना गर्यो त्यो  प्राप्ता  हुन्छ ।  पारस संग छोइने वित्तिकै फलाम जस्तो सस्तो र साधारण धातु सुन बने झैं सामान्य मानिस मूल्यवान  बनाउने तत्व गायत्री हो। पढ्नै नसक्ने मन्द बुद्धिको खुसहाल चन्द पछि गएर महात्मा आनन्द स्वामी बने। सेना समेत आएका  राजा  विश्वरथलाई नन्दीनी (काम धेनुकी बाच्छी) गाईकै  शाक्तिले जंगलमा  बसेका ऋषि वशिष्ठले  हराए पछि  विश्वरथले  ब्रह्यबलको महत्वलाई  बुझेर गायत्री  साधना गर्दै विश्वामित्र ऋषि बन्न पुगे ।
         गायत्री सुपर साइन्स हो। यसलेे सुइपर म्यानलाई सुपर म्यान बनाउँछ। गायत्री सर्वकाम धुक अर्थात  सपूर्ण मनोकामनाहरू पुरा गर्ने शाक्ति नै गायत्री हो ।  गायत्री जपेर के पाइन्छ भन्ने होइन, गायत्रीबाट नपाइने कुरैकेही छैन ।  यो सबै  साधकहरूले  अनुभव  गरिसकेको कुरा हो  । कसले के के पाए भन्ने  जान्न गायत्री  महाविज्ञान  तथा  अन्य जानकारीको लागि  स्त्रीहरूको गायत्री अधिकार किताब पढ्नु होस  महिलाहरूको  लागि गायत्री उहिले देखी छुट छ । स्त्री जातिले  गायत्री मन्त्र जप्न हुने कि नहुने ? वेद पढ्न हुनेकि नहुने जस्ता सिङ न पुच्छरका प्रश्र र प्रतिवन्ध वेदमा कहीं पनि उल्लेख छैन बरू वेदहरूमा त स्त्रीहरूले प्रयोग गरिएका यस्ता मन्त्रहरू छन्।  हेर्नुहोस्:-
उदसौ सूर्यो अगाद, उदय भामको भग: अह,  तद्धिद बला पतिमन्य साक्षि विष्ज्ञ सहि । ।
अहकेतु रह: मूर्धाहमुग्रा विवचनी, ममेदनु कृतं पति: सेहा नाया उपाचरेत् ।।
मम पुत्रा शत्रुहणेऽथे मे दुहिता विराट् ।  उताहमस्मि सं जया पत्र्यो म श्लोक उत्तम ।। ऋृवेद१०/१५७/२-३
अर्थात सर्यदेवले मेरो सौभाग्य बढाउन् । मैले सुयोग्य  पति पाऊँ । विरोधिहरूलाई  पराजित गर्न र सहनशीला  बन्न सकुँ । म तेजस्विनी प्रभावशाली वेदवक्ता बन्नसकुँ । पतिदेवले मेरो इच्छा, ज्ञान र कर्मानुकुल कार्य  गरून् । मेरा पुत्रहरूले  भित्री वाहिरी सबै शत्रुहरूलाई विनास गर्न सक्ने होउन् । कन्याहरू  आफना सद्गुणहरूले प्रकाशवती बनुन् ।ळ
मैले आफना कार्यहरू द्वारा मेरा पति देवको समुज्ज्वल यशलाई बढाउन सकुँ ।
त्र्यम्बकं यजामहे सुगन्धिं पतिवेदनम् । उर्वारूकमिव वन्धनादितो मुक्षीय मामुत: ।। यजु .३/६०
अर्थात हामी कुमरीहरूले उत्तम पति प्राप्त गराइदिने परमात्मालाई स्मरण गर्दे यज्ञ गर्दछौ । तिनले  हामीलाई यो पितृकुलबाट छुटाइदिउन् तर पति कुलबाट कहिल्यै पनि वियोग  नगराइदिउन् ।   आशा  सान्त  सौमनसं प्रजां  सौभागयं  रविम्  । 
अग्निरनुव्रता भूत्वा सन्नह्ये सुकृतायकम् ।। अर्थव १४/२/२५
 अर्थात् -बुहारी त्यही भन्छिन् कि म यज्ञादि शुभ अनुष्ठानहरू गर्नका लागि सधै शुभवस्त्रहरू पहिरन्छु । म सधै सुख सौभग्य धन धान्यादिले आनन्द रहँदै प्रसन्न मनले सन्तानको कामना गारिरहने छु ।
 न शूद्र समा : स्त्रिय: । नहि शूद्र योनी ब्राह्यण क्षत्रिय वैश्या जायन्ते तस्माच्छन्दसा स्त्रिया: संस्कार्या: । - हरीत
 अर्थात्- स्त्रीहरू शूद्रसमान हुनै सक्दैनन्   । शूद्रयोनिबाट ब्राह्मण, क्षत्रिय र वैश्यहरूको उत्पत्ति कसरी हुन सक्छ?  स्त्री- जातिलाई वेदद्वारा सुसंस्कारित गराउनु पर्दछ ।
   वैदिक धर्ममा सदा सर्वदा  नर र नारीलाई  एक अर्कोको  अविच्छिन्न अंग  मानिएको छ।   नर  र नारी एउटा रथका दुइ  पांग्रा हुन् । एउटै   शरीरका दुइहात  हुन् ,  एउटै   अनुहारका दुइ  आँखा हुन् । एउटा  बिना अर्को  अपूर्ण छ । दुइ अद्र्धाग  मिलेर मात्रै एउटा पूर्णांग बन्द छ । मानव प्राणीका अविच्छिन्न दुइ भागमा यस प्रकारको  असमानता , द्विविधा , सानोठूलो , जात -अजात , छूत -अछूत आदिको भावना पैदा गर्नु  वैदिक परम्पराको एकदमै विपरीत हो ।
 यथैवात्मा तथा पुन्न: पुत्रेण दुहिता समा । -मनुस्मृति ९/१३०
अर्थात्- पुत्र आत्माकै समान हो। जस्तो  पुत्र त्यस्तै पुत्री हुन् । दुवै एक समान हुन् ।
 उपरोक्त सबै  वेदवाक्यादि पढिसके पछि नारीलाई  वैदिक ज्ञानबाट वञ्चित राख्नु  उचित  होइन । अरू मन्त्र जस्तै गायत्री मन्त्रको पनि तिनलाई  पूर्ण अधिकार छ । सद्ज्ञानोपार्जनमा  कसैलाई  प्रतिबन्ध लगाउन हुँदैन । कुमारी कल्याणी  नामकी एक छात्राले काशी हिन्दू  विश्वविद्यालयमा वेद पढ्न चाहेकी  थिइन् तर  प्रचलित मान्यताको  आधारमा विश्वविद्यलयले भर्ना गरेन । विभिन्न पत्रपत्रिकाले  यस विषयमा वाद विवादहरू चलाइ रहे । अन्त्यमा विश्वविद्यालयले  महामना मदनमोहन मालवीयजीको  अध्यक्षतामा एउटा समिति गठन गर्यो , अनेकौं धार्मिक विद्वानहरूलाई सम्मिलित गराइयो । उक्त समिमिले  बडो गम्भीरता  पूर्वक  शास्त्रहरूको  विवेचना गरेर यो निष्कर्व निकाल्यो कि  स्त्री जातिलाई पनि पुरूषहरू सरहनै ज्ञान आर्जन गर्ने अधिकार  छ । २२अगस्त १९४६मा  सनातन धर्मका प्राण मानिने  महामना मदनमोहन मालवीयजीको  समितिको निर्णय घोषणा तथा प्रकाशित भए पछि मात्रै  कुमारी कल्याणी देवीलाई प्रवेश गराइएको  थियो । यो निर्णय शास्त्रीय आधारमा गरिएको थियो ।
     अहिले पनि कतिपय अविवेकी मानिसहरू स्त्री  जातिलाई गायत्रीको  अधिकार छैन रे  भन्छन्।  आफ्नै कुरालाई जबदस्त सत्य सिद्ध गर्ने जिद्धी गर्नु बडो अशोभनीय कुरो हो । भूलहरूलाई सुधार्नु  पर्छ ।  विद्या , वुद्धि, दया, करूणा, प्रेम, उदारता, शौर्य , साहस एवं पवित्रता  आदि  गुणहरूको  वृद्धि  गराउने गायत्रीबाट नारी जातिलाई वञ्चित गरिन्छ भने परिवार र समाजको सुख , शान्ति , समृद्धिको आशा  गर्नै पर्दैन। जरामा पानी  पर्नै नपाए पछि विरूवा  उम्रने फूल्ने फल्ने कल्पना  गर्न सकिदैन। भनिएकै छ  ‘‘नारीको सम्मान जहाँ छ संस्कृतिको उत्थान त्यहाँ छ।’’ सदज्ञानबाटै बंचित गरिन्छ भने  सम्मान कसरी भयो?
‘‘आमाहरूमै भरिएको छ भने कुसंस्कार, सन्तानमा कसरी आउँछन सक्छ सुसंस्कार?’’
गायत्री कति किसिमको छ?  ननुहाईकन जप गर्न हुन्छ कि हुँदैन ? आसन के को हुनुपर्ने? कुन समय उपयुक्त हुन्छ? माला के को लिने ? कहाँ कहाँ ओंकारको प्रयोग गर्ने? कुन कुन जातले जप्न हुने? गुंंरू चहिने कि नचाहिने ?  जन्म मरणको  सूतक र रजस्वला अवधिमा के गर्ने ? जस्ता झिना मसिना कुरालाई पनि कहिले काहीं  कहीं  कसैले  तिललाई पहाड बनाउन खोज्छन् । यस्ताकुरामा वादविवाद गर्नु वा अल्मलाईरहनु त्यति बुद्धिमानी  हुँदैन । वैज्ञानिक अघ्यात्मवादमा परम्परा को तुलनामा  विवेकलाई  बढी महत्व  दिन जान्नु पर्दछ। जसरी आमाकै गर्भवाट बच्चा संग टाँसीएर  आएको  सालनाललाई हटाइन्छ बच्चलाई राखिन्छ, त्यसै गरी विरालो वाधेर श्राद्धगर्ने जस्ता धर्मको साथमा टाँसिएर रहेका अन्धविश्ववासहरूलाई हटाउनकै लागि  वैज्ञानिक अध्यात्मवाद चाहिएको हो। गायत्री भनेको  सद्ज्ञान हो , सद्बुद्धि हो , श्रेष्ठ चिंतन हो , उत्कृष्ट चिंतन हो। विचार  मन भित्र हुनेकुरा हो। राम्रो कुरा जहिले सुकै, जसको मनमा पनि  हुँदा कसैलाई केही हानी हुँदैन। हानी हुने कु रा  खाँदा , हानी हुने  कुरा बोल्दा, हानी हुने काम गर्दा यसको परिणम  के होला भनेर नसोच्ने, कसैसँग  सोध पुछ र सर सल्लााह नगर्ने, जत्थेर जहाँ जे  पनि गर्ने, राम्रो  काम गर्न साईत  जुराउन  पर्ने  , विद्यान दर्ता गर्नु पर्ने यस्तै भएर समाजमा  धेरै विकृति  विसंगति बढ्यो  / देशले ठूलो  क्षति व्यहेार्नु  परयो । अब हामीले  गंभीरता  पूर्वक  सोचेर अघि बढनु  पर्ने  बेला आएको छ । के गर्दा सबैको  हित हुन्छ त्यही गर्नु पर्ने भएको छ ।  मैले माला घुमाएको छु,  भनेर कसैलाई देखाउन पर्ने होइन , मैले गायत्री जप्दै छुभनेर  कसैलाई सुनाउन  पर्ने होइन। खाँदा, सुत्दा र अरूसंग  बोल्न पर्दा बाहेक अन्य समयमा जुन सुकै काम गर्दा पनि मनमा गायत्री स्मरण गरिरहँदा कसलाई  के नोकसान हुुन्छ ? सब भन्दा राम्रो जप त्यही हो । मन्त्र नआउनेहरूले सबको लागि सद्बुद्धि सबको लागि उज्ज्वल भविष्यको कामना गरे पुग्छ ।
द्रष्टब्य:=गायत्री भनेको ह्रीं श्रीं ल्कीं अथार्त महाकालीे, महालक्ष्मी, महासरस्वती तीनै वटा शक्तिको समन्वित नाम हो जुन मूखले ती शक्तिको सदुपयोग गर्न जान्दैन, सक्दैन, मान्दैन त्यो शक्तिको दुरूपयोग गरेर आफ्नो र अरूको पनि हानी हुने काम गर्छ त्यस्तो मूर्खलाई गायत्री जस्तो शक्तिशाली हतियार दिन हुदैन भन्ने कुरा जायज हो। धनको दुरूपयोग गरेर व्यसनमा लाग्छ। वृद्धिको दुरूपयोग गरेर छुल्याइ फट्याइ गर्न थाल्छ। बलको दुरूपयोग गरेर निर्वलियोलाई सताउँछ भने त्यस्तो उद्दण्ड, उच्छिृङखल , अनुशासन हीन,चरित्र भ्रष्टलाई गायत्री दिन हुन्न अनुशासनमा बस्नेलाई मात्रै दिने कुरा हो यसमा शंका छैन तर अनुशासनमा बस्छु भनेर गुरूको अनुशासनलाई स्वीकार गर्छ मन्जुर भयो भने जसलाई पनि दिन हुन्छ। प्रतिवन्ध जातको आधरमा होइन व्यक्तिको स्वभाव हेरेर लगाउनुपर्छ।   गायत्रीबाट कसरी  के कति लाभ हुन्छ भन्ने थाहा दिन  गायत्री महा विज्ञान, गायत्री संबन्धी शंका समाधान र स्त्रीहरूलाई गायत्री अधिकार भन्ने कितावहरू बाटै प्रशिक्षणको लागि यो पर्चा  तयार गरिएको  हो ।  विशेष  जानकारी राख्न चाहनेहरूले  ती कितावहरूको अध्ययन गर्दा राम्रारी गर्नुपर्छ।      य एतां वेद गायत्रीं पुण्यां सर्वंगुणान्विताम्। तत्त्वेन भरत श्रेष्ठ स लोके न प्रणश्यति।।
अर्थात्- सर्वंगुण सम्पन्न माता गायत्रीलाई जसले चिन्दछ, त्यसको यस संसारमा कहिल्यै पनि अनिष्ट हुँदैन।





0 comments:

Post a Comment