Monday, January 9, 2017

अपनाउन योग्य सत्प्रबृतिहरु

१ .कमसेकम नित्य नियमित मस्तिष्क बिकासका लागि योग,प्राणायाम, गायत्री उपासना आदि गर्ने ।
२.घरमा आफुभन्दा ठूलाबडालाई नियमित अभिबादन गर्ने ।
३.आफुभन्दा सानाहरुको सम्मानको ध्यान राख्ने । अर्थात उनीहरुलाई होंच्याएर कुरा नगर्ने ।
४. आफ्नो कर्तब्य प्रति जागरुक रहने र त्यसको पालना गर्ने ।
५. परिश्रम गर्ने अभ्यास गरीरहने । कुनैपनि कामलाई सानो नमान्ने ।

६.जिवनलाई सही दिशा दिन नित्य नियमित सत्साहित्य स्वाध्याय अथावा श्रवण कम्तिमा आधा धण्टा गर्ने गराउने ।
७.हिन्दू संस्कृतिको प्रतीक शिखा – टुप्पी ) र जनैको महत्व बुझ्ने यीनलाई निष्ठा पूर्वक धारण गर्ने र अरुलाई प्रेरणा लिने ।
८.सादा जीवन बिताउने औसत स्थानीय स्तरको रहनसहन अनुरुप बिचार र अभ्यास बनाउने । यसमा गौरबको अनुभब गर्ने ।
९.ज्ञान यज्ञ , सद्विचारको प्रसारको लागि कम्तिमा केहस् रकम र एक घण्टा समय प्रति दिन बचाएर सहि ठंगले खर्च गर्ने ।
परिवारमा सामूहिक उपासना आरती आदिको क्रम चलाउने ।
१०.प्रतिबर्ष आफ्नो जन्म दिवस विवाह दिवस सामूहिक रुपले यज्ञीय बाताबरणमा मनाउने तथा जीवनको सार्थकताको लागि ब्रतशील जीवनक्रम बनाउने ।
११.समाजप्रति र आफ्नो उत्तरदायित्व प्रति जागरुकता समाजमा सत्प्रबृति बढाउनको लागि गरिने सामूहिक प्रयासमा उत्साह पूर्वक भाग लिने र योगदान गर्ने । ं
११. नित्य विहान र साँझमा कम्तिमा २० मिनेट ध्यान बस्ने ।

0 comments:

Post a Comment