Monday, January 9, 2017

गजल


गुरु अाए सम्प्रदाय अाए अनि दीक्षा दिलाए ।
जाेगीले जाेगीलाई बेच्न भनी भिक्षा दिलाए ।।

विद्वताकाे खडेरी छ देश विदेशमा त्यसैले ।
गुगलबाट पुस्तक लेखे अनि समीक्षा दिलाए ।।

देश बदल्न व्यक्ति बदल्न उ जुर्मुरायाे फेरि ।
संघ संस्था अाए माैका दिए सदीक्षा दिलाए ।।

कमि विद्यार्थीकाे हाेईन गुरुकाे पनि हाेईन ।
झ्यालबाट चिट चाेराए अनि परीक्षा दिलाए ।।

म बिग्रीएँ सानैदेखि उद्दण्ड भएर त्यसैले ।
बा रिसाए लगे बनारस संस्कृत शिक्षा दिलाए ।।

- बालकाचार्य

0 comments:

Post a Comment